चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल

कञ्चनपुर, मंसिर ११ । महाकाली नदीमा आएको बाढीले चुँडाएको कञ्चनपुरको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल दुई महिना बितिसक्दा पनि पुनःनिर्माणको काम सुरु नै भएपछि स्थानीय आक्रोशित भएका छन् । उनिहरूले मंसिरभित्र निर्माणको ठोस प्रक्रिया अघि नबढे महाकालीको चार लेनको पक्की पुलसमेत बन्द गरिदिने चेतावनी दिएका हुन् ।

गत असोज १४ मा महाकाली नदीको तीव्र बहावले झोलुङ्गे पुलको पश्चिमतर्फको तेस्रो पिलर बगाएपछि एक हजार ४ सय ५२ मिटर लामो पुल चुँडिएको थियो । पुलको चुँडिएको भाग अहिले पनि नदीतर्फ लत्रिएको अवस्थामा छ । त्यसयता पैदल यात्रु तथा दुई पाङ्ग्रे सवारीसाधनका लागि पुलबाट हुने आवागमन पूर्ण रूपमा बन्द छ । यसको प्रत्यक्ष असर दोधारा चाँदनीका बासिन्दाको दैनिक जीवनमा परेको छ ।

पुल भत्किएपछि स्थानीयले दैनिक उपभोग्य सामग्री तथा कृषि उत्पादन महेन्द्रनगर बजारसम्म पु¥याउन निकै कठिनाइ भोगिरहेका छन् । विद्यार्थीको आवागमनसमेत असहज बनेको छ भने पर्यटकीय क्षेत्र दोधारा चाँदनीमा पर्यटकको चहलपहल घट्दा स्थानीय व्यवसायी मारमा परेका छन् ।

महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल सञ्चालनमा रहे पनि त्यसको दूरी र आवागमनको सहजता झोलुङ्गे पुलको विकल्प बन्न सकेको छैन ।

चुँडिएको पुल पुनःनिर्माणको काम संघीय सरकारले नै गर्ने घोषणा गरेपनि काम भने सुरु हुन अझै सकेको छैन । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले केन्द्रीय सरकारले नै पुल बनाउने बताएपछि प्रदेश सरकारले बजेट विनियोजन गर्ने अवस्था नबनेको बताए । नगर प्रमुख लिम्बूले पुनःनिर्माणका लागि आवश्यक अध्ययन गरी लागत अनुमानसमेत तयार भईसकेको जनाए ।

यता, भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयको आक्रोश बढ्दै गएको बताए । स्थानीयको दबाब आफूहरूमाथि पनि निरन्तर आइरहेको उल्लेख गर्दै उनले राज्यले मंसिरभित्र ठोस कदम नचाले थप दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
 

प्रतिकृया दिनुहोस

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन

धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग

काठमाण्डौ, मंसिर १० । सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान

↑