पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
पहिलो चरणको आन्दोलनपछि पनि सरकारले माग सम्बोधन नगरेको भन्दै महासङ्घले राजनीतिक दलहरूलाई दबाव दिन नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार मङ्सिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइनेछ । कुनै दलले लिखित ऐक्यबद्धता जनाएमा भने सम्बन्धित दलको कार्यालयको धर्ना कार्यक्रम फिर्ता लिने महासङ्घले जनाएको छ ।
त्यस्तै मङ्सिर २० गते काठमाण्डौको माइतीघरसहित देशभरका जिल्ला सदरमुकामहरूमा कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिनेछ ।
समाचार कक्षमा प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रणका प्रयास, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइएको विरोधमा महासङ्घ आन्दोलित बनेको हो ।
आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको
आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
काठमाण्डौ, मंसिर १० । सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
काठमाण्डौ, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ
-

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
-

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
-

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
-

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
-
सुदूरपश्चिममा एक साताभित्र बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्ने दाबी






प्रतिकृया दिनुहोस