आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
काठमाण्डौ, मंसिर १० । सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन माग गरेका छन् ।
भक्तपुरको बोडे, खरिपाटी र इचङ्गुनारायणमा रहेका होल्डिङ सेन्टर भोलि शुक्रवारसम्म खाली गर्न सूचना टाँस भएपछि त्यहाँ रहेका विस्थापितहरूले सूचना फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका उनीहरूले विना विकल्प बाहिरिनुपर्ने बाध्यता सिर्जना गरेको गुनासो गरेका छन् ।
यसअघि नदी किनारका छाप्रो तथा घरटहरा भत्काउँदा भएको क्षतिबाट उम्कन नपाउँदै आश्रयस्थलबाट समेत उठ्नुपर्ने अवस्था आएपछि आफूहरू झनै ठूलो विचल्लीमा परेको पीडितहरूको गुनासो छ ।
राज्यले नाममा जग्गा देखिएको भन्दै केही परिवारलाई मात्र वर्गीकरण गर्ने तर अन्य भूमिहीन तथा वास्तविक पीडितहरूको दिगो बसाइँको प्रबन्ध नगर्ने हो भने थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरूको चेतावनी छ ।
आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको
पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
काठमाण्डौ, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ
-

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
-

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
-

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
-

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
-
सुदूरपश्चिममा एक साताभित्र बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्ने दाबी






प्रतिकृया दिनुहोस