मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा

काठमाण्डौ, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानबमोजिम मर्यादाक्रम हेरफेर गरेको जानकारी गराएको छ ।

यसअघि सातौँ वरीयतामा रहनुभएकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा आउनुभएको छ ।

यसअघि मन्त्रिपरिपद्को तेस्रो वरीयतामा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा पुग्नुभएको छ ।

सोविता तेस्रो वरीयतामा उक्लिँदा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल झरेको छ ।

सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वापा० को महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन

धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग

काठमाण्डौ, मंसिर १० । सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान

↑