आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने

डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ८ स्थित गोदाम बजारमा रहेको आलिताल स्वास्थ्य चौकीमा मंसिर १५ गते मंलगबार शिविर सञ्चालन गर्न लागिएको हो।

बिहान १० बजेदेखि सुरु हुने शिविरमा स्त्रीरोग तथा महिला स्वास्थ्य सेवा, सामान्य चिकित्सा सेवा र आधारभूत स्वास्थ्य परीक्षण उपलब्ध गराइने आयोजकले जनाएको छ। शिविरमा महिलाहरूको महिनावारी अनियमितता, पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्श, सेतोपानी बग्ने र योनी संक्रमण, पाठेघरसँग सम्बन्धित समस्या, गर्भवती तथा मातृ स्वास्थ्यसम्बन्धी परामर्श र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गरिनेछ।

त्यस्तै, सामान्य चिकित्साअन्तर्गत ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, उच्च तथा न्यून रक्तचाप, मधुमेह, जोर्नी दुख्ने, हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या र बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने आयोजक सप्राइज एन्ड डिजिटल हब डडेल्धुराले जनाएको छ।

शिविरमा रक्तचाप, रक्तमा चिनीको मात्रा, तौल तथा उचाइ र शरीरको तापक्रम परीक्षणसमेत गरिनेछ। आवश्यकताअनुसार थप परीक्षणका लागि चिकित्सकीय सिफारिस र स्वास्थ्यसम्बन्धी परामर्श पनि उपलब्ध गराइनेछ।

शिविरको आयोजना सप्राइज एन्ड डिजिटल हब डडेल्धुरा, फ्रेन्ड्स मिनिस्ट्रीको सहकार्यमा गरिएको हो। त्यसैगरी आफ्नो एफएम डडेल्धुरा र युथ कम्बाइन फेलोसिप डडेल्धुरा सहयोगी संस्थाका रूपमा रहेका छन्। शिविरमा आलिताल गाउँपालिका र आलिताल स्वास्थ्य चौकीको समन्वय तथा सहजीकरण रहने आफ्नो एफएम डडेल्धुराका स्टेशन म्यानेजर सागर ताम्राकारले बताए।
 

प्रतिकृया दिनुहोस

देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा

डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत

डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई

अछामको तुर्माखाँद उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित

अछाम, मंसिर ७। शिक्षा क्षेत्रमा  उल्लेखनीय योगदानको कदर गर्दै अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा

↑