बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै

बझाङ, मंसिर ६। बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सदरमुकाम तथा भूमि प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले स्थानीय तहबाटै सेवा सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार भूमि प्रशासन कार्यालय बझाङले जिल्लाका आठ स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ । जिल्लामा दुई वटा भूमि प्रशासन कार्यालय रहेकाले १२ स्थानीय तहमध्ये आफ्नो कार्यक्षेत्रभित्र पर्ने आठ स्थानीय तहलाई पत्राचार गरिएको भूमि प्रशासन कार्यालय बझाङका प्रमुख कृष्णबहादुर बोहराले बताउनुभयो ।

पत्राचार गरिएका स्थानीय तहमा साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका,सुर्मा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको साविक दहबगर गाविसअन्तर्गत हालका वडा नम्बर १ र २ रहेका छन् । मन्त्रालयको गत कात्तिक १६ गतेको पत्रअनुसार भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको हो । मन्त्रालयले एक महिनाभित्र सेवा सञ्चालन गरिसक्न निर्देशन दिएपछि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आवश्यक तयारी गरी तोकिएको समयभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि सदरमुकाम तथा भूमि प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुने स्थानिय गोबिन्द जाग्रीले बताउनुभयो । उहाँले स्थानीय तहबाटै सेवा सञ्चालनमा आउदा नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहमा सहजता र पहुँच विस्तार हुने बताउनुभयो । स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नागरिकले घरआँगनमै सरकारी सेवा प्राप्त गर्न सक्ने र सेवा प्रवाह थप सहज, छिटो तथा नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु

धनगढी, मंसिर ६। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ ।ड्रिम

कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि

कञ्चनपुर, मंसिर ६। सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका

विद्युत् ठेक्का वर्षौंदेखि अलपत्र, बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य

बैतडी, मंसिर ६। जिल्लाका ग्रामीण बस्तीमा बिजुली पु¥याउने ठेक्का वर्षौँदेखि अलपत्र पर्दा बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य छन् । नेपाल

↑