बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

बाजुरा, कात्तिक २६ । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरमा आगलागी भएको हो। आगलागीबाट नन्दुको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट घरमा राखिएका अन्नपात, लत्ताकपडा र धनमाल जलेर नष्ट भएको नेपालीले बताए। यस्तै, बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरको भान्सामा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भान्सामा राखिएका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएका छन्।

दुवै घटनामा भएको क्षतिको विस्तृत विवरण र आगलागीको कारणबारे थप जानकारी प्राप्त हुन बाँकी छ।
 

प्रतिकृया दिनुहोस

दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान लोकेशको परिवारका लागि सहयोगको अपिल

बैतडी–नयाँ मोटरसाइकल खरीद गरेको खुशी साँटेको २४ घण्टा नबित्दै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान

तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु

डडेल्धुरा, कात्तिक २६ । तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षभरी डडेल्धुरा, बैतडी, दार्चुला, डोटी लगायत जिल्लामा

कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुर, कार्तिक २५ । कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुर बस्ने ६० वर्षकी

↑