तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु
डडेल्धुरा, कात्तिक २६ । तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षभरी डडेल्धुरा, बैतडी, दार्चुला, डोटी लगायत जिल्लामा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको छ । कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
दशैंको बेला जात्रा लागेका मन्दिरहरुमा समेत कार्तिक शुक्ल पक्षमा समेत पूजाआजा गर्ने चलन रही आएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । कार्तिक शुक्ल प्रतिपदादेखिनै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमा सम्म जात्रा मनाउने चलन रही आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाका विष्णु जोशीले बताए ।
कार्तिक शुक्ल पक्ष शुरु भएसंगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, फाल्ङासैनी भगवती मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती मन्दिर, जगन्नाथ मन्दिर, सिगास धुरा, सनशेर मन्दिर, सुरपाल मन्दिर लगायतका मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।
यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।
त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ मन्दिरमा पनि कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।
दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान लोकेशको परिवारका लागि सहयोगको अपिल
बैतडी–नयाँ मोटरसाइकल खरीद गरेको खुशी साँटेको २४ घण्टा नबित्दै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान
बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट
बाजुरा, कात्तिक २६ । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२
कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
कञ्चनपुर, कार्तिक २५ । कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुर बस्ने ६० वर्षकी











प्रतिकृया दिनुहोस