बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता

बैतडी, कात्तिक २० । बैतडीमा शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गरेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत दुई महिनाको अवधिमा ११ जना अशक्त तथा अपाङ्गता भएका नागरिकले नागरिकता प्राप्त गरेका छन्। कार्यक्रमअन्तर्गत बिहीबार मात्रै पाँच जनालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्।

सुर्नया गाउँपालिका–८ कठमडाकी ७३ वर्षीया धाना साउँदले पनि बिहीबार नागरिकता प्राप्त गरेकी छन्। नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएकी उनलाई घर नजिकै ढोल्यामोडमा पुगेर नागरिकता प्रदान गरिएको हो।

त्यस्तै, सिगास गाउँपालिका–२ की १६ वर्षीया मनिषाकुमारी धामी, १९ वर्षीय मुकुन्दसिंह धामी र १६ वर्षीय वसन्त नेपालीलाई वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गरिएको छ। सिगास गाउँपालिका–१ का १६ वर्षीय रन्जित भुललाई पनि घरपायक पर्ने स्थानमा नागरिकता उपलब्ध गराइएको छ।

शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

जिल्ला प्रशासन कार्यालयले नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण संकलनका लागि जिल्लाका सबै वडामा पत्राचारसमेत गरेको जनाएको छ।
 

प्रतिकृया दिनुहोस

देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह

डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन

डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज

अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द

अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ

↑