देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज जोशी सभापतिमा सर्वसम्मत चयन भएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत शनिबार आयोजित जिल्ला अधिवेशनबाट जोशी सभापतिका सर्वसम्मत उम्मेदवार बनेका हुन्। यसअघि उनलाई देउवा समूहले जिल्ला अधिवेशनको संयोजकको जिम्मेवारी दिएको थियो। उनी जिल्ला उपसभापतिसमेत थिए।
अधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित सम्पन्न भएको जनाइएको छ। समूहले नयाँ नेतृत्वमार्फत पार्टी संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने लक्ष्य लिएको छ।
अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित ¥याली निकालेको थियो। त्यसपछि सभाहलमा अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो।
यस समूहले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। सोही क्रममा कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द
अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ
बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
बैतडी, कात्तिक २० । बैतडीमा शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
-

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा




प्रतिकृया दिनुहोस