२७ वर्षदेखि निःस्वार्थ सेवामा संगिता, पारिश्रमिकभन्दा ठूलो सेवाको सन्तुष्टि
डडेल्धुरा, कात्तिक २५ । डडेल्धुराको अमरगढी नगरपालिका–५ की संगिता नगरकोटीले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेको २७ वर्ष बितिसकेको छ। गाउँका महिलाको स्वास्थ्य अवस्था बुझ्ने, गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवाबारे जानकारी दिने र स्वास्थ्य संस्थासम्म पुग्न प्रेरित गर्ने उहाँको दैनिकी बनेको छ। लामो समयदेखि समुदायको स्वास्थ्य सेवामा खटिँदै आउनुभएकी संगिताको यो यात्रा भने सहज थिएन।
आमा समूहबाट छनोट भएर महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दा उहाँसँग अनुभव कम थियो, तर समुदायका लागि केही गर्नुपर्छ भन्ने इच्छा थियो। सुरुका दिनमा घरपरिवारदेखि समाजसम्म सबैलाई आफ्नो काम बुझाउन उहाँलाई निकै संघर्ष गर्नुप¥यो। गाउँघरमा पुगेर स्वास्थ्यका कुरा गर्दा कतिपयले कुरा काट्ने र तलब बुझ्ने गरेको भन्दै प्रश्नसमेत गर्ने गर्थे। तर उहाँले आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि हट्नुभएन।
महेन्द्र माविमा कक्षा १० सम्म अध्ययन गर्नुभएकी संगिताको विवाह भएपछि पढाइलाई निरन्तरता दिने अवसर मिलेन। त्यसपछि परिवारको साथ र प्रेरणाले उहाँ सामाजिक सेवामा जोडिनुभयो। सुरुमा आफूले गरेको कामबारे खुलेर बोल्नसमेत लाज मान्ने उहाँ अहिले भने महिला स्वास्थ्य स्वयंसेविका हुनुमा गर्व गर्नुहुन्छ। परिवारले सेवा क्षेत्रमा लाग्न हौसला दिएपछि सुरु भएको यात्रा आज २७ वर्षसम्म आइपुगेको छ। यसबीच उहाँले होटल व्यवसायसमेत सञ्चालन गर्दै समुदायको सेवामा समय दिनुभयो। घरपरिवारको जिम्मेवारी र सामाजिक सेवाबीच सन्तुलन मिलाउँदै उहाँले आफ्नो भूमिका निरन्तर निर्वाह गरिरहनुभएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाको काम गरेबापत उहाँले नियमित तलब पाउनुहुन्न। सामान्य खाजा खर्चबाहेक खासै आर्थिक सुविधा नपाउँदा पनि उहाँले आफ्नो जिम्मेवारी छाड्नुभएको छैन। गाउँका दिदीबहिनीले सुरुमा उहाँको काम र योगदान नबुझे पनि अहिले भने स्वयंसेविकाको भूमिकाबारे बुझ्न थालेका छन्। पहिले तलब पाउने काम भन्दै कुरा काट्नेहरू अहिले स्वयंसेविकाले समुदायमा पु¥याएको योगदान बुझ्न थालेको उहाँको अनुभव छ।
गाउँका महिला तथा बालबालिकाको स्वास्थ्यमा देखिएका समस्या बुझ्ने, आवश्यक परामर्श दिने र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काममा संगिता निरन्तर सक्रिय हुनुहुन्छ। उहाँका लागि यो काम केवल जिम्मेवारी मात्रै होइन, समाजसँग जोडिने र अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम पनि बनेको छ।
२७ वर्षसम्म निरन्तर सेवा गर्दा पनि उचित पारिश्रमिक र सुविधा नपाउनु भने उहाँको मनमा खड्किने विषय हो। राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उचित मूल्याङ्कन गर्नुपर्ने उहाँको अपेक्षा छ। लामो समयदेखि निःस्वार्थ रूपमा समुदायको स्वास्थ्य सेवामा खटिँदै आएका स्वयंसेविकाका लागि सरकारले केही व्यवस्था गरिदिए आगामी दिनमा अझै उत्साहका साथ काम गर्न सकिने उहाँको आशा छ।
आर्थिक लाभभन्दा समुदायको माया र सेवाबाट प्राप्त हुने सन्तुष्टिलाई ठूलो मान्ने संगिता नगरकोटीको २७ वर्षे यात्रा महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण, संघर्ष र सेवाभावको एउटा उदाहरण बनेको छ।
स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।
सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार
अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट











प्रतिकृया दिनुहोस