डडेल्धुरामा फूलखेती बढ्दै, बजार पुर्याउनै सकस
डडेल्धुरा, कात्तिक २३ । तिहारमा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। घरआँगन सजाउन, पूजाआजा गर्न र माला बनाउन प्रयोग हुने सयपत्री फूलको मागलाई लक्षित गर्दै किसानहरू उत्पादन र बिक्रीको तयारीमा जुटेका छन्। पछिल्लो समय डडेलधुरामा पनि व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। तर, उत्पादन गरेको फूल बजारसम्म पु¥याउन नसक्दा किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन्।
डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का टेकराज पाठक चार वर्षदेखि पुष्प व्यवसायमा छन्। स्थानीय बजारको माग पूरा गर्ने र फूलखेतीबाट आम्दानी गर्ने उद्देश्यले उनले सुरु गरेको व्यवसाय अहिले दुई रोपनी क्षेत्रफलमा फैलिएको छ। तिहारलाई लक्षित गरेर यस वर्ष करिब तीन क्विन्टल सयपत्री फूल उत्पादन गरेका पाठकले अहिलेसम्म एक क्विन्टलजति बिक्री गरिसकेका छन्। बाँकी दुई क्विन्टल फूल बिक्री गर्नुपर्ने अवस्थामा उनी छन्।
तर, गत वर्षको तुलनामा यस वर्ष व्यापार घटेको उनको अनुभव छ। यस वर्ष फूल बिक्रीबाट करिब एक लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका उनले उत्पादनसँगै बजार व्यवस्थापनमा पनि उत्तिकै समस्या भोग्नुपरेको बताए। गाउँमा खेती भएकाले माग भएका बेला बजारसम्म फूल पु¥याउन नसक्दा बिक्री प्रभावित हुने गरेको उनको भनाइ छ।
‘फूल उत्पादन गर्नुभन्दा पनि बजारसम्म पु¥याउन समस्या छ। माग भएका बेला ढुवानीको व्यवस्था नहुँदा फूल बिक्री गर्न सकिँदैन,’ पाठकले भने, ‘यहाँ उत्पादन भएको फूल तराईका बजारमा पनि माग हुन्छ। तर समयमै पठाउन नसक्दा त्यो बजार लिन सकिएको छैन।’
पाठकले डडेलधुराको स्थानीय बजारसँगै दार्चुलासम्म पनि फूल पठाउँदै आएका छन्। उनले प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्ममा फूल बिक्री गर्ने गरेका छन्। अजयमेरु गाउँपालिकाको कृषि एम्बुलेन्सले दुई–तीन वर्षसम्म ढुवानीमा सहयोग गरे पनि अहिले बजार विस्तार र नियमित ढुवानीको व्यवस्था नहुँदा समस्या भइरहेको उनले बताए।
फूलखेतीमा प्राविधिक ज्ञानको कमी पनि उनको अर्को समस्या हो। यस वर्ष केही बोटमा रोग लागेपछि उत्पादन प्रभावित भएको उनले बताए। कृषि ज्ञान केन्द्रको सल्लाहअनुसार रोग नियन्त्रणको प्रयास गरे पनि आफू प्राविधिक रूपमा दक्ष नहुँदा समस्या समाधान गर्न कठिन भएको उनको अनुभव छ। सिँचाइका लागि पर्याप्त पानी नहुँदा पनि खेती गर्न असहज भइरहेको उनले बताए।
गत वर्ष कृषि ज्ञान केन्द्रबाट ३० हजार रुपैयाँ अनुदान पाएका पाठकले यस वर्ष पनि केन्द्रबाट सहयोग र सल्लाह लिइरहेका छन्। तर, तालिम, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा थप सहयोग आवश्यक रहेको उनको भनाइ छ।
स्थानीय बजारमा उत्पादित फूलले बजार पाउन नसक्नुमा आयातित प्लास्टिकका मालाको बिक्री पनि बाधक बनेको पाठक बताउँछन्। स्थानीय तह र प्रशासनले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको भए पनि लुकिछिपी बिक्री हुने गरेको उनको गुनासो छ। ‘स्थानीय फूलखेतीलाई प्रोत्साहन गर्ने हो भने प्लास्टिकका माला बिक्रीमा प्रभावकारी रोक लगाउनुपर्छ,’ उनले भने।
कृषि ज्ञान केन्द्र डडेलधुराका सहायक बागवानी विकास अधिकृत रामसिंह बोहराका अनुसार जिल्लामा व्यावसायिक पुष्पखेती गर्ने किसानको संख्या अझै सीमित छ। केन्द्रले फूलखेतीमा संलग्न किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए।
स्थानीय उत्पादनले बजार पाउने वातावरण बनाउन सके पुष्प व्यवसायबाट किसानले राम्रो आम्दानी गर्न सक्ने बोहराको भनाइ छ। विशेषगरी आयातित प्लास्टिकका मालाको बिक्रीमा प्रभावकारी नियन्त्रण गर्न सके स्थानीय फूल उत्पादक किसानलाई फाइदा पुग्ने उनले बताए।
तिहारको रौनक बढ्यो, मजदुरलाई महँगीको चिन्ता
डडेल्धुरा, कात्तिक २३ । रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेकाहरू तिहार मनाउन घर फर्किएपछि डडेल्धुराका गाउँघरमा चहलपहल बढेको छ। बजारमा पनि
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै
डडेल्धुरा, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। आधुनिक प्रविधिको प्रभावसँगै तिहारमा प्रयोग हुने
यमपञ्चकको दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा
काठमाडौँ, कार्तिक २२। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता




प्रतिकृया दिनुहोस