निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बैतडीका सडकको अवस्था दयनीय
बैतडी, साउन ३१। बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा परेका ठूला खाल्डाखुल्डीका कारण यात्रु तथा सवारी चालकले सास्ती व्यहोर्नुपरेको छ।
मर्मतसम्भारको म्याद गत आर्थिक वर्ष २०८२/८३ मै सकिए पनि निर्माण कम्पनीले काम पूरा नगरेपछि डिभिजन सडक कार्यालय पाटनले आर्थिक वर्ष २०८३/८४ सम्म म्याद थप गरेको कार्यालय प्रमुख किरण सुवेदीले बताउनुभयो।
जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडकमा खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने र कालोपत्रे टाल्ने कामका लागि दुई निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण सडकको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले समस्या भोग्दै आएका छन्। सडक मर्मतमा ढिलाइ हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालकहरूले बताएका छन्।
डिभिजन सडक कार्यालयका अनुसार थपिएको समयभित्र पनि काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कानुनी कारबाही गरिनेछ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा काम नगर्ने १३ वटा निर्माण कम्पनीको ठेक्का रद्द गरिएको थियो।
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
डडेल्धुरा लगायत सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै
डडेल्धुरा : डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित चार मन्त्रीले लिए शपथ
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित चार मन्त्रीले शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री भट्टको सिफारिसमा प्रदेश प्रमुख











प्रतिकृया दिनुहोस