डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
डडेल्धुरा, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको अगुवाइमा मंगलबार प्रभातफेरी निकाल्दै कर सप्ताहको शुभारम्भ गरिएको हो।
डडेल्धुराको तुफानडाँडाबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघ डडेल्धुरामा पुगेर अन्तरक्रिया कार्यक्रमसहित समापन गरिएको थियो। प्रभातफेरीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी, सरकारी कर्मचारी तथा पत्रकारलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश प्रवाह गर्दै कर तिर्ने संस्कृतिको विकास र करप्रतिको नागरिक दायित्वबारे सचेतना फैलाएका थिए।
आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख गगनबहादुर साहीका अनुसार कर दिवसको अवसरमा एक सातासम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कर सप्ताहअन्तर्गत मंसिर २ गते महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई करदाता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, मंसिर ३ गते बजार अनुगमन गरी डिजिटल कर सेवाको प्रवद्र्धन, बिजक लिने–दिने अभ्यास तथा कर कानुनको पालनाबारे करदातालाई अभिमुखीकरण गरिनेछ। मंसिर ४ गते डोटीको जोरायल गाउँपालिकाबाट करदाता सेवा विस्तारसम्बन्धी कार्यक्रम उद्घाटन गरी करदाता शिक्षा तथा अन्तरक्रिया आयोजना गरिनेछ। मंसिर ७ गते अन्तरक्रिया, उत्कृष्ट तीन करदातालाई सम्मान तथा कर सप्ताहको समापन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले कर राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र प्रभावकारी बनाउन राज्यसँगै नागरिकको पनि उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाइ थियो।
त्यस्तै, जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले राष्ट्रिय कर दिवसले करको महत्व बुझाउन तथा समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले कर प्रणालीलाई प्रभावकारी बनाउन करदाता र राज्यबीच विश्वासको वातावरण आवश्यक रहेको बताउनुभयो। नागरिकले आफ्नो दायित्वबोध गरी इमानदारीपूर्वक कर तिर्नूपर्ने उहाँको भनाइ थियो। करबाट संकलित राजस्व जनताको हित र विकास निर्माणमा खर्च भएको अनुभूति नागरिकले गर्न सके करप्रतिको विश्वास र सहभागिता अझ बढ्ने उहाँले बताउनुभयो।
त्यस्तै, मंसिर ३ गते बजार अनुगमन गरी डिजिटल कर सेवाको प्रवर्द्धन, बिजक लिने–दिने अभ्यास तथा कर कानुनको पालनाबारे करदातालाई अभिमुखीकरण गरिनेछ। मंसिर ४ गते डोटीको जोरायल गाउँपालिकाबाट करदाता सेवा विस्तारसम्बन्धी कार्यक्रम उद्घाटन गरी करदाता शिक्षा तथा अन्तरक्रिया आयोजना गरिनेछ। मंसिर ७ गते अन्तरक्रिया, उत्कृष्ट तीन करदातालाई सम्मान तथा कर सप्ताहको समापन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिए।
नेपालमा आधुनिक कर प्रणालीका रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरणमा हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। दिवसले करको महत्वबारे नागरिकमा सचेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार, पारदर्शी र न्यायपूर्ण कर प्रणालीको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित
धनगढी, मंसिर १ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिसम्मानित भएको
डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
डडेल्धुरा, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते देहीजाँत मेला लाग्ने
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ
काठमाडौँ, कात्तिक ३० । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज










प्रतिकृया दिनुहोस