चौलोको प्रख्यात ‘बडाल जाँत’ मंसिर ४ गते
डडेल्धुरा, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशमै चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’ मंसिर ४ गते लाग्ने भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका –२ बडालमा मंसिर ३ गते रतेडी र दोस्रो दिन अर्थात मंसिर ४ गते दिउसेडी हुने भएको हो ।
लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।
शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ।
मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देउरो आउने गरेको भएपनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।
ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको गन्यापधुरा गाउँपालिका २ का वडा अध्यक्ष मनोज देउवाले बताउनुभयो ।
दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान लोकेशको परिवारका लागि सहयोगको अपिल
बैतडी–नयाँ मोटरसाइकल खरीद गरेको खुशी साँटेको २४ घण्टा नबित्दै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान
बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट
बाजुरा, कात्तिक २६ । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु
डडेल्धुरा, कात्तिक २६ । तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षभरी डडेल्धुरा, बैतडी, दार्चुला, डोटी लगायत जिल्लामा









प्रतिकृया दिनुहोस