उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ
काठमाडौँ, कात्तिक ३० । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरू छठ पर्व मनाइएको छ ।
छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित
धनगढी, मंसिर १ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिसम्मानित भएको
डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
डडेल्धुरा, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको
डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
डडेल्धुरा, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते देहीजाँत मेला लाग्ने










प्रतिकृया दिनुहोस