मन्दिर पुनर्निर्माणमा बैतडी प्रहरीको एक लाख सहयोग
बैतडी, मंसिर १२ । बैतडीको सदरमुकाम गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनर्निर्माण अभियानमा बैतडी प्रहरीले एक लाख एक रुपैयाँ सहयोग गरेको छ ।
जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारीहरूले व्यक्तिगत रूपमा स्वच्छाले रकम संकलन गरी जम्मा भएको एक लाख एक रुपैयाँ जगन्नाथ सेवा समितिलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले धार्मिक मठमन्दिरको संरक्षण र संवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरी कर्मचारीहरूले स्वच्छाले रकम संकलन गरेको जानकारी दिए ।
जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको अभियानमा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट स्वस्फूर्त रूपमा सहयोग जुटिरहेको छ । हालसम्म ७५ लाख बढी रुपैयाँ संकलन भइसकेको जगन्नाथ सेवा समितिले जनाएको छ ।
चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल
कञ्चनपुर, मंसिर ११ । महाकाली नदीमा आएको बाढीले चुँडाएको कञ्चनपुरको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल दुई महिना बितिसक्दा पनि पुनःनिर्माणको
आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको
पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको










प्रतिकृया दिनुहोस