अछामको तुर्माखाँद उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित

अछाम, मंसिर ७। शिक्षा क्षेत्रमा  उल्लेखनीय योगदानको कदर गर्दै अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ। 

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको अवसरमा तुर्माखाँद गाउँपालिकालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वराष्ट्रपति डा. रामवरण यादव र भुटानका पूर्वशिक्षामन्त्री ठाकुर सिंह पौडेलले संयुक्त रूपमा गाउँपालिकाका अध्यक्ष डम्बर विसीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।

नेपालको विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले यो सम्मान प्रदान गर्दै आएको छ। शिक्षा क्षेत्रमा पु¥याएको वास्तविक योगदान, योग्यता, उपलब्धि, प्रभाव र नेतृत्वका आधारमा तुर्माखाँद प्रदेशकै उत्कृष्ट स्थानीय तहका रूपमा छनौट भएको हो।

सम्मान ग्रहणपछि अध्यक्ष विसीले यस उपलब्धिले गाउँपालिकालाई शैक्षिक सुधारमा अझ जिम्मेवार र उत्साहित बनाएको बताउनुभएको छ। उहाँले उचित मूल्याङ्कन गरी सम्मान प्रदान गर्ने प्रधानाध्यापक संघ नेपालप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

साथै, अध्यक्ष विसीले तुर्माखाँदलाई शिक्षामा उत्कृष्ट गाउँपालिका बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षाप्रेमी महानुभावहरूप्रति विशेष धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने

डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ।

देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा

डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत

डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई

↑