यमपञ्चकको दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा
काठमाडौँ, कार्तिक २२। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ।
आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ।
आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहि¥याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने शास्त्रीय मान्यता छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ। द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पु¥याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ।
भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरकबाट मुक्ति पाउनका लागि आज बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य र चन्दन लगाएर ’तैलाभ्यङ्ग स्नान’ गर्ने विधि छ । यस दिन तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पाप नाश भई नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ।
स्नान गर्नुपूर्व ‘सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित, हरपापमपामार्ग भ्राम्यमाणः पुनःपुन’ मन्त्र उच्चारण गर्दै अपामार्ग वनस्पतिको पातलाई पानीमा डुबाएर शिरमा घुमाउने गरिन्छ। स्नानपछि दक्षिणतर्फ फर्केर सव्य भई यमराजका १४ नाम (यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त) उच्चारण गर्दै प्रत्येक नाममा तीन–तीन अञ्जुली तिलयुक्त जलले तर्पण दिने विधान छ। यसरी तर्पण दिँदा वर्षौँदेखिका पापबाट मुक्ति मिल्ने बताइएको छ। आजको दिन मासको पातको साग खाने, नर्के नुहाउने, दीपदान गर्ने र आलसको बोट बालेर आगो ताप्ने धार्मिक चलन पनि रहेको छ।
यस्तै, आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक कृष्ण औँसीको यस रातलाई ’सुखरात्रि’ पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ। साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ।
दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको आराधना गरिन्छ। यी आठ रूपले जीवनका आठ पक्ष (आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजय) लाई प्रतिनिधित्व गर्दछन्। सूर्यास्तपछि बेलुकी ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै
डडेल्धुरा, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। आधुनिक प्रविधिको प्रभावसँगै तिहारमा प्रयोग हुने
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता




प्रतिकृया दिनुहोस