डडेल्धुरामा तिहार लक्षित सुरक्षा व्यवस्था कडा

डडेल्धुरा, कात्तिक २४ । तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।

प्रहरीले जिल्लाका मुख्य बजार, भीडभाड हुने क्षेत्र, सार्वजनिक स्थान तथा संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाएको जनाएको छ। यस्तै, चोरी तथा आपराधिक घटना नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य रोकथाम र रातिको समयमा हुने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार तिहार अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक तयारी गरिएको छ। 

प्रहरीले तिहारका समयमा घर छाडेर बाहिर जाँदा घरको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिप्रति सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा फूलखेती बढ्दै, बजार पुर्याउनै सकस

डडेल्धुरा, कात्तिक २३ । तिहारमा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। घरआँगन सजाउन, पूजाआजा गर्न र माला बनाउन प्रयोग हुने सयपत्री फूलको मागलाई

तिहारको रौनक बढ्यो, मजदुरलाई महँगीको चिन्ता

डडेल्धुरा, कात्तिक २३ । रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेकाहरू तिहार मनाउन घर फर्किएपछि डडेल्धुराका गाउँघरमा चहलपहल बढेको छ। बजारमा पनि

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै

डडेल्धुरा, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। आधुनिक प्रविधिको प्रभावसँगै तिहारमा प्रयोग हुने

↑