नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै
डडेल्धुरा, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। आधुनिक प्रविधिको प्रभावसँगै तिहारमा प्रयोग हुने सामग्रीदेखि मनाउने परम्परासम्म परिवर्तन देखिन थालेको हो।
विगतमा तिहारका बेला घरआँगनमा माटाका दियो, पाला र मैनबत्ती बालेर उज्यालो बनाउने चलन थियो। गाउँघरमा देउसी भैलो खेल्ने, मौलिक भाका गाउने र नाचगान गर्दै रमाइलो गर्ने परम्पराले तिहारको छुट्टै रौनक थप्ने गथ्र्यो। तर अहिले माटाका दियो र पालाको स्थान विद्युतीय बत्तीले लिन थालेका छन्। घर तथा बजार विद्युतीय बत्तीले झिलिमिली बनाउने क्रम बढेको छ भने देउसी भैलो खेल्ने परम्परा पनि क्रमशः सीमित हुँदै गएको छ।
विगतमा तिहार मनाउँदाको र अहिलेको अवस्थाबीच निकै भिन्नता आएको वृद्धा लक्ष्मी देवी भाट बताउनुहुन्छ। पहिलेको तिहारमा आपसी भेटघाट, सामूहिक रमाइलो र परम्परागत चलनको महत्व बढी हुने गरेको उहाँको अनुभव छ।
संस्कृतिका जानकार कैलाशकुमार पाण्डे पनि तिहार मनाउने शैलीमा आएको परिवर्तनलाई समय र आधुनिकताको प्रभावका रूपमा लिनुहुन्छ। प्रविधिको विकाससँगै चाडपर्व मनाउने तरिका फेरिए पनि मौलिक संस्कृति र परम्पराको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
तिहारमा भित्रिएका नयाँ शैली र प्रविधिले चाडपर्वलाई थप आकर्षक बनाएको भए पनि पुराना मौलिक परम्पराहरू भने बिस्तारै ओझेलमा पर्दै गएका छन्।
यमपञ्चकको दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा
काठमाडौँ, कार्तिक २२। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता




प्रतिकृया दिनुहोस