तिहारको रौनक बढ्यो, मजदुरलाई महँगीको चिन्ता
डडेल्धुरा, कात्तिक २३ । रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेकाहरू तिहार मनाउन घर फर्किएपछि डडेल्धुराका गाउँघरमा चहलपहल बढेको छ। बजारमा पनि चाडपर्वको किनमेल गर्नेहरूको भीड लाग्न थालेको छ। तर दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई भने चाडपर्वको खुसीसँगै बढ्दो महँगीले घरखर्च कसरी जुटाउने भन्ने चिन्ता थपिएको छ।
अमरगढी नगरपालिका–१ की ६० वर्षीया पद्मा टमटा वर्षौंदेखि ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छन्। काम गरेबापतको पारिश्रमिकसमेत समयमै नपाउँदा उनलाई चाडपर्वको खर्च जुटाउन कठिन भएको छ। अर्की मजदुर हिरादेवी टमटाले दिनभर काम गर्दा ६ देखि ७ सय रुपैयाँसम्म ज्याला पाउने गरेको बताइन्। तर बजारमा सामानको मूल्य बढ्दा उक्त रकमले घरखर्च चलाउनसमेत मुस्किल हुने गरेको उनको गुनासो छ।
गन्यापधुरा गाउँपालिका–२ गणेशपुरकी पार्वती मल्लले पनि दसैँको खर्च व्यवस्थापन नसकिँदै तिहारका लागि खाद्यान्न, फलफूल, मिठाईलगायत सामग्री किन्नुपर्ने भएकाले आर्थिक भार थपिएको बताइन्। अमरगढी नगरपालिका–५ का लक्ष्मीबहादुर टमटाको गुनासो पनि उस्तै छ।
दाल, चामल, तेल, चिनी र तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवार बढी प्रभावित भएका छन्। यता, चाडपर्वका बेला हुन सक्ने मूल्यवृद्धि र बजार अनियमितता नियन्त्रणका लागि अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले बताए। उनका अनुसार चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको छ।
परदेशबाट फर्किएकाहरूको आगमनले गाउँघरमा तिहारको रौनक थपिए पनि दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारका लागि भने बढ्दो महँगी र सीमित आम्दानी चाडपर्वको मुख्य चिन्ता बनेको छ।
डडेल्धुरामा फूलखेती बढ्दै, बजार पुर्याउनै सकस
डडेल्धुरा, कात्तिक २३ । तिहारमा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। घरआँगन सजाउन, पूजाआजा गर्न र माला बनाउन प्रयोग हुने सयपत्री फूलको मागलाई
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै
डडेल्धुरा, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। आधुनिक प्रविधिको प्रभावसँगै तिहारमा प्रयोग हुने
यमपञ्चकको दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा
काठमाडौँ, कार्तिक २२। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता




प्रतिकृया दिनुहोस