परशुरामको आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना जीर्ण

डडेल्धुरा, भाद्र ९ । डडेल्धुराको परशुराम नगरपालिका –१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही वर्षमै जीर्ण बनेको छ। डडेलधुराको भित्री मधेशस्थित लोपोन्मुख राउटे बस्तीमा कृषि उत्पादन बढाउन तथा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण गरिएको जिल्लाकै ठुलो सोलार लिफ्ट सिँचाइ योजना प्रयोगविहीन अवस्थामा पुगेको हो।

रङ्गुुन नदीबाट सोलार प्रविधिमार्फत पानी तानेर बस्तीआसपासको ४५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ गर्ने उद्देश्यले करिब पाँच वर्षअघि प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लगानीमा योजना निर्माण गरिएको थियो। योजना निर्माण पूरा भएपछि राउटेले खेतबारीमा अन्नबाली तथा तरकारी खेती गर्न सिँचाइ सुविधा पाउने अपेक्षा गरेका थिए। तर योजना निर्माण भएको केही वर्षमै पानी तान्ने मोटर बिग्रिएपछि सिँचाइ सेवा अवरुद्ध भएको छ। मोटर लामो समयदेखि मर्मत हुन नसक्दा सोलार प्यानल, पाइप तथा अन्य उपकरणसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। कतिपय उपकरणमा खिया लागिसकेको स्थानीय दानबहादुर राउटेले बताउनुभयो। 

आमपानीमा करिब ३५ घरपरिवार राउटे समुदायको बसोबास छ। परम्परागत रूपमा जङ्गलमा आश्रित तथा घुमन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय स्थायी बसोबासतर्फ उन्मुख हुँदै अन्नबाली र तरकारी खेतीमा समेत संलग्न हुन थालेको छ। खेती गर्न थालेपछि नियमित सिँचाइको आवश्यकता बढे पनि बस्तीका लागि निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना नै बन्द भएपछि स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक रोशन भट्टका अनुसार स्थानीयस्तरबाट नियमित मर्मतसम्भार हुन नसक्दा योजना हाल बन्द अवस्थामा रहेको छ। उहाँले योजना सञ्चालनका लागि आवश्यक बजेटको पहल भइरहेको बताउनुभयो। बजेट उपलब्ध भएमा बिग्रिएका मोटर तथा अन्य उपकरण मर्मत गरी सिँचाइ योजना पुनः सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। 

सिँचाइ सुविधा नियमित रूपमा उपलब्ध भए आमपानीका ३५ राउटे परिवारले आफ्नै जमिनमा वर्षभरि विभिन्न किसिमका अन्नबाली तथा तरकारी उत्पादन गर्न सक्ने सम्भावना छ। यसबाट खाद्य सुरक्षासँगै कृषि आम्दानीसमेत बढाउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ।
 

प्रतिकृया दिनुहोस

प्रसारणलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्री तिमल्सीनाको जोड

काठमाडौँ, भाद्र ९। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सीनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता,

डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

डडेल्धुरा- डडेल्धुराको समग्र विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि

जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ

बैतडी, भाद्र ९ । बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको