डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी, भाद्र ५ । डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार घाइते भएका छन्। बिहीवार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। 

घाइते हुनेहरूमा केआईसिंह गाउँपालिका–३ देउकाँडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर रहेका छन्।
 

प्रतिकृया दिनुहोस

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय

प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको