अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु

कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले किचेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार घटनापछि बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई नियन्त्रणमा लिइएको छ । बससमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम

चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला

डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो

कैलालीको चिफ्ले झरनामा चिप्लिएर एक युवक बेपत्ता

अत्तरिया, भाद्र ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन् । शनिबार फोटो खिच्ने