बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको शव अस्पतालमै, क्षतिपूर्तिमा सहमति जुटेन
धनगढी, भाद्र ९ । कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी बझाङकी सिन्की बोहराको शव अझै सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको विषयमा सोमबार भएको छलफलमा सहमति जुट्न नसकेपछि शव अस्पतालमै रहेको हो।
बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी बोहरालाई आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरियामा ठक्कर दिएको थियो। उनी अत्तरिया बसपार्कमा पानी र भुजा बिक्री गर्दै आएकी थिइन्।
दुर्घटनापछि स्थानीय तथा मृतकका आफन्तले बस चालकलाई कडा कारबाही गर्न माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध प्रदर्शनसमेत गरेका थिए।
दोषीलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि सहमति हुन सकेन। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराका अनुसार सहमति नभएपछि मंगलबार बिहान पुनः छलफलका लागि सम्बन्धित पक्षलाई बोलाइएको छ।
मृतक बोहराको शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने मंगलबार हुने छलफलबाट पीडित परिवार र यातायात पक्षबीच सहमति जुट्ने अपेक्षा गरिएको छ।
प्रसारणलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्री तिमल्सीनाको जोड
काठमाडौँ, भाद्र ९। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सीनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता,
डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र
डडेल्धुरा- डडेल्धुराको समग्र विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि
जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ
बैतडी, भाद्र ९ । बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको
-

प्रसारणलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्री तिमल्सीनाको जोड
-

डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र
-
.jpeg)
जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ
-
.jpeg)
पर्यटकको रोजाइमा पर्दै अपिहिमाल गाउँपालिकामा
-
.jpeg)
परशुरामको आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना जीर्ण






प्रतिकृया दिनुहोस