महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

धनगढी, साउन १९। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले ओपिडी र आकस्मिक सेवाको बिरामी टिकट शुल्क दोब्बरले बढाएपछि सेवाग्राहीबाट विरोध सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले गत आर्थिक वर्ष २०८२–०८३ को जेठ महिनादेखि नै नयाँ शुल्क लागू गरेको हो।

यसअघि ओपिडीतर्फ २५ रुपैयाँ र आकस्मिक सेवातर्फ ५० रुपैयाँ रहेको टिकट शुल्क बढाएर क्रमशः ५० रुपैयाँ र १०० रुपैयाँ पु¥याइएको छ। सरकारी अस्पतालमै टिकट शुल्क दोब्बर बनाइएपछि सर्वसाधारणले गरिब तथा विपन्न बिरामीमाथि थप आर्थिक भार परेको गुनासो गरेका छन्।

सेवाग्राही सम्राट विष्टले टिकट शुल्क वृद्धि रकमका हिसाबले धेरै ठूलो नभए पनि यसले अन्य स्वास्थ्य सेवाको शुल्कसमेत बढ्ने हो कि भन्ने आशंका जन्माएको बताए। अर्का सेवाग्राही पवन जोशीले नयाँ व्यवस्थापन समिति आएपछि टिकट शुल्क बढाइएको भन्दै सरकारी अस्पतालमा उपचारका लागि आउने विपन्न  बिरामीमाथि अन्याय भएको टिप्पणी गरे।

स्थानीय मोहनदेव भट्टले निर्वाचनका बेला गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाइए पनि व्यवहारमा उल्टै टिकट शुल्क बढाएर बिरामीमाथि भार थपिएको आरोप लगाए। उनले अस्पतालका आधारभूत सेवासमेत निःशुल्क बनाउनेतर्फ पहल गर्न आग्रह गरे।

यता महाकाली प्रादेशिक अस्पतालले भने बिमा सेवा उपभोग गर्ने बिरामीहरूले गुनासो गरेपछि शुल्क वृद्धि गर्नुपरेको बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले स्वास्थ बिमामा आवद्ध भएका सेवाग्राही र अन्य सेवाग्राहीबीच समानता ल्याउन टिकट बढाइएको बताए।
 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता