महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
धनगढी, साउन १९। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले ओपिडी र आकस्मिक सेवाको बिरामी टिकट शुल्क दोब्बरले बढाएपछि सेवाग्राहीबाट विरोध सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले गत आर्थिक वर्ष २०८२–०८३ को जेठ महिनादेखि नै नयाँ शुल्क लागू गरेको हो।
यसअघि ओपिडीतर्फ २५ रुपैयाँ र आकस्मिक सेवातर्फ ५० रुपैयाँ रहेको टिकट शुल्क बढाएर क्रमशः ५० रुपैयाँ र १०० रुपैयाँ पु¥याइएको छ। सरकारी अस्पतालमै टिकट शुल्क दोब्बर बनाइएपछि सर्वसाधारणले गरिब तथा विपन्न बिरामीमाथि थप आर्थिक भार परेको गुनासो गरेका छन्।
सेवाग्राही सम्राट विष्टले टिकट शुल्क वृद्धि रकमका हिसाबले धेरै ठूलो नभए पनि यसले अन्य स्वास्थ्य सेवाको शुल्कसमेत बढ्ने हो कि भन्ने आशंका जन्माएको बताए। अर्का सेवाग्राही पवन जोशीले नयाँ व्यवस्थापन समिति आएपछि टिकट शुल्क बढाइएको भन्दै सरकारी अस्पतालमा उपचारका लागि आउने विपन्न बिरामीमाथि अन्याय भएको टिप्पणी गरे।
स्थानीय मोहनदेव भट्टले निर्वाचनका बेला गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाइए पनि व्यवहारमा उल्टै टिकट शुल्क बढाएर बिरामीमाथि भार थपिएको आरोप लगाए। उनले अस्पतालका आधारभूत सेवासमेत निःशुल्क बनाउनेतर्फ पहल गर्न आग्रह गरे।
यता महाकाली प्रादेशिक अस्पतालले भने बिमा सेवा उपभोग गर्ने बिरामीहरूले गुनासो गरेपछि शुल्क वृद्धि गर्नुपरेको बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले स्वास्थ बिमामा आवद्ध भएका सेवाग्राही र अन्य सेवाग्राहीबीच समानता ल्याउन टिकट बढाइएको बताए।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस