बाजुरामा पाक्न थाल्यो स्याउ, सडक अवरुद्ध हुँदा किसानलाई मर्का
बाजुरा, साउन १९। स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने नियतिले बाजुराका किसानलाई मर्का पर्ने गरेको छ । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध छ ।
यहाँ साउन १५ देखि भदौको अन्तिम साता स्याउ तयार हुन्छ । बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकाया स्याउ पाक्ने बेला बाटो बन्द हुँदा बिक्री गर्न नपाउने चिन्तामा हुनुहुन्छ । बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमा आउने गर्थे तर बाटो बन्द भएपछि व्यापारी आउँदैन । आफैँले त्यो स्याउ पिठिउँमा बोकेर बजारसम्म पु¥याउन नसकिने उहाँको भनाइ छ । बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा गुनासो गर्दै आए पनि समस्याको केही सुनुवाइ नभएको रोकायाले बताउनभुयो ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ । हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली कोरिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लैजान समस्या हुने गरेको छ । फाटफुट रूपमा खप्तडछेडेदहका काँडा, गौमूल र बडीमालिका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ ।
पहिला यहाँ लोकल जातको मात्र स्याउ उप्पादन हुने गथ्र्यो । अहिले यहाँका किसानले गाला फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँका अनुसार यहाँको स्याउ बजारसम्म पु¥याउन केन्द्रले ढुवानी अनुदान दिने गरेकोे छ ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस