बाजुरामा पाक्न थाल्यो स्याउ, सडक अवरुद्ध हुँदा किसानलाई मर्का

बाजुरा, साउन १९। स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने नियतिले बाजुराका किसानलाई मर्का पर्ने गरेको छ । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध छ । 

यहाँ साउन १५ देखि भदौको अन्तिम साता स्याउ तयार हुन्छ । बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकाया स्याउ पाक्ने बेला बाटो बन्द हुँदा बिक्री गर्न नपाउने चिन्तामा हुनुहुन्छ । बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमा आउने गर्थे तर बाटो बन्द भएपछि व्यापारी आउँदैन । आफैँले त्यो स्याउ पिठिउँमा बोकेर बजारसम्म पु¥याउन नसकिने उहाँको भनाइ छ । बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा गुनासो गर्दै आए पनि समस्याको केही सुनुवाइ नभएको रोकायाले बताउनभुयो । 

जिल्लाको पूर्वीउत्तर क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ । हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली कोरिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लैजान समस्या हुने गरेको छ । फाटफुट रूपमा खप्तडछेडेदहका काँडा, गौमूल र बडीमालिका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ ।

पहिला यहाँ लोकल जातको मात्र स्याउ उप्पादन हुने गथ्र्यो । अहिले यहाँका किसानले गाला फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन् ।  कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँका अनुसार यहाँको स्याउ बजारसम्म पु¥याउन केन्द्रले ढुवानी अनुदान दिने गरेकोे छ ।    


 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता