नेपाललाई २ खर्ब ४० अर्ब सहयोग गर्ने भारतको घोषणा
काठमाण्डौ, मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेज अन्तर्गत २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भदौ १० गतेको भोटेकोशी– त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै सहयोग रकम दिने घोषणा गर्नुभएको हो ।
२ खर्ब ४० अर्बको आर्थिक सहयोगमध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान हुने छ ।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै मोदीले दुवै देशका खुशी र चुनौती साझा रहेको बताउनुभयो ।
आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने
डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ।
देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा
डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत
डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु






प्रतिकृया दिनुहोस