देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा

डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। नगरपालिकाले मंसिर ८ गते देहीजाँत पर्ने भएकाले नगर क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले सोमबार सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था र सेवा केन्द्रहरू बन्द रहने जानकारी गराएका छन्।

अमरगढी नगरपालिकाले प्रत्येक वर्ष देहीजाँतका दिन सार्वजनिक बिदा दिँदै आएको छ। यस वर्ष पनि सोही निर्णयलाई निरन्तरता दिँदै सार्वजनिक बिदा घोषणा गरिएको हो।

डडेल्धुराको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको देहीजाँतमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट श्रद्धालु तथा दर्शनार्थीहरू उग्रतारा मन्दिर पुग्ने गर्छन्। मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न नगरपालिकाले सबै पक्षसँग सहयोगको आग्रहसमेत गरेको छ।
 

प्रतिकृया दिनुहोस

आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने

डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ।

डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत

डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई

अछामको तुर्माखाँद उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित

अछाम, मंसिर ७। शिक्षा क्षेत्रमा  उल्लेखनीय योगदानको कदर गर्दै अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा

↑