अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बन्यो आफ्नै भवन
अछाम, मंसिर ७। अछामको बान्नीगढी जयगढ गाउँपालीकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । आइतबार अछाम क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य भरत कुमार स्वारले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटनपछि बोल्नुहँुदै सांसद स्वारले नयाँ प्रशासनिक भवनबाट स्थानीय नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भवन निर्माणसँगै पालिकाको प्रशासनिक कामकाज व्यवस्थित हुने र विकास निर्माणका गतिविधिमा समेत थप सहजता आउने हुने विश्वास गर्नुभएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले विगतमा आफ्नै भवन नहुँदा भाडामा बस्नु परेकोले विकास बजेट कटौती गरेर भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । भाडा तिर्नु नपर्दा जनताका काम गर्न थप सहज भएको उहाँको भनाइ छ ।
आफ्नै प्रशासनिक भवन निर्माण भएसँगै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीलाई एउटै स्थानबाट प्रशासनिक कामकाज सञ्चालन गर्न सहज हुने यसले गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष साउदले विश्वास गर्नुभयो । पालिकाको प्रशासकीय भवन ६ करोड १३ लाख ३१ हजार ३ सय २ रुपियाँमा २०८० चैत ३० गते निर्माण सुरु भएको थियो ।
आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने
डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ।
देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा
डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत
डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु






प्रतिकृया दिनुहोस