फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु
धनगढी, मंसिर ६। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ ।ड्रिम फाप्ला अभियान सञ्चालन भएको एक दशकपछि नेपाल सरकारले यो रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाएको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम परियोजना अन्तर्गत क्रिकेट रङ्गशाला निर्माणका लागि मंसिर ४ गते ४५ लाख रुपियाँको बोलपत्र आह्वान गरिएको छ ।
क्रिकेटको सहर धनगढीस्थित बोराडाँडीमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ । ठेक्का आह्वानसँगै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणको सपनामा विपनामा परिणत हुन लागेको ड्रिम फाप्ला अभियानका अभियन्ता सुवास शाहीले बताउनुभयो । उहाँले बोलपत्र आह्वान हुनु वर्षौदेखिको सपना, संघर्ष र धैर्यताको उपलब्धि रहेको उल्लेख गर्नुभयो ।
कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि
कञ्चनपुर, मंसिर ६। सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका
बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै
बझाङ, मंसिर ६। बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सदरमुकाम तथा
विद्युत् ठेक्का वर्षौंदेखि अलपत्र, बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य
बैतडी, मंसिर ६। जिल्लाका ग्रामीण बस्तीमा बिजुली पु¥याउने ठेक्का वर्षौँदेखि अलपत्र पर्दा बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य छन् । नेपाल
-

डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै






प्रतिकृया दिनुहोस