कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि

कञ्चनपुर, मंसिर ६। सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा  यस वर्ष १ दशमलव १९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताउनुभयो । गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उहाँले बताउनुभयो । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको भनाइ छ । ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिचाँइ जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । उहाँले आधुनिक कृषियन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र साना सिँचाइ उपलब्ध गराउँदै आएको छ ।

कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । 
 

प्रतिकृया दिनुहोस

फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु

धनगढी, मंसिर ६। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ ।ड्रिम

बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै

बझाङ, मंसिर ६। बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सदरमुकाम तथा

विद्युत् ठेक्का वर्षौंदेखि अलपत्र, बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य

बैतडी, मंसिर ६। जिल्लाका ग्रामीण बस्तीमा बिजुली पु¥याउने ठेक्का वर्षौँदेखि अलपत्र पर्दा बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य छन् । नेपाल

↑