विद्युत् ठेक्का वर्षौंदेखि अलपत्र, बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य
बैतडी, मंसिर ६। जिल्लाका ग्रामीण बस्तीमा बिजुली पु¥याउने ठेक्का वर्षौँदेखि अलपत्र पर्दा बैतडीका ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत् प्राधिकरणमार्फत निर्माणाधीन मुख्य सबस्टेसन तथा ११ केभी प्रसारण लाइन विस्तारका चार वटा ठुला ठेक्का समयमै सम्पन्न नहुँदा जिल्लावासी झरो र टुकी बाल्न बाध्य भएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत बैतडीका मुख्य सबस्टेसनहरू सिगास गाउँपालिकाको बिन्द्रावन, दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा, मेलौली नगरपालिकाको बिठ्ने र पाटन नगरपालिकाको सबस्टेसन निर्माण कार्य ठेकेदारको लापरबाहीले वर्षौँदेखि अलपत्र छ । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन २०७५ सालदेखि सुरु गरिएको मेलौली ३३-११ केभी सबस्टेसन अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र छाडेपछि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका कार्यालय प्रमुख हरिप्रसाद पाण्डेयले बताउनुभयो । सिल्लेगाडा र बिन्द्रावन सबस्टेसन जिल्लाभर बिजुली बाल्ने लक्ष्यका साथ सुरु भएका थिए । यद्यपि, निर्माण व्यवसायीले धेरै वटा ठेक्का ओगट्ने तर कार्यक्षेत्रमा काम नगर्ने प्रवृत्तिले आयोजना अधुरै रहेका छन् । प्राधिकरणको बैतडी वितरण केन्द्रका अनुसार जिल्लामा हालसम्म करिब ६१.७३ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको छ ।
प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया, स्थानीय वितरण केन्द्र र स्थानीय तहबीच प्राविधिक समन्वय नहुँदा समस्या झन् जटिल बनेको छ । अटेर गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि नबढाएसम्म तथा स्थानीय तहको बजेटबाट खरिद गरिएका गुणस्तरहीन सामग्रीको छानबिन गरी लाइन सुधार नभएसम्म बैतडीवासीको उज्यालो पाउने सपना अधुरै रहेको उपभोक्ताको गुनासो छ ।
फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु
धनगढी, मंसिर ६। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ ।ड्रिम
कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि
कञ्चनपुर, मंसिर ६। सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका
बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै
बझाङ, मंसिर ६। बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सदरमुकाम तथा
-

डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै






प्रतिकृया दिनुहोस