विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै

डडेल्धुरा:विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना र आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा दुईवटा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विद्यालय तहका कक्षा ११ र १२ का विद्यार्थीका लागि हाजिरी जवाफ प्रतियोगिता तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्राधिकरणका अनुसार हाजिरी जवाफ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्। प्रत्येक विद्यालयबाट एउटा समूहले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन तथा निर्जीवन बीमा, पुनर्बीमा, लघुबीमा, बीमासम्बन्धी कानुनी व्यवस्था र समसामयिक विषय समेटिनेछन्।

हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुने तीन समूहलाई प्रमाणपत्रसहित क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी, स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि ‘सुदूरपश्चिम प्रदेशको आर्थिक रूपान्तरणमा बीमाको भूमिका स् चुनौती र सम्भावना’ शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले नेपाली वा अंग्रेजी भाषामा अधिकतम एक हजार पाँच सय शब्दको निबन्ध तयार गर्नुपर्नेछ।

निबन्धको मूल्याङ्कन विषयवस्तुको ज्ञान, भाषा तथा शैली, संरचना, सिर्जनशीलता, व्याकरण र शुद्धलेखनका आधारमा गरिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन जनालाई प्रमाणपत्रसहित क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

दुवै प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र आवश्यक विवरण तथा कागजातसहित नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयमा इमेलमार्फत आवेदन पठाउनुपर्नेछ।

विद्यालय तथा विश्वविद्यालय तहदेखि नै विद्यार्थीलाई बीमाको महत्व, आर्थिक सुरक्षा र वित्तीय सचेतनाबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्राधिकरणले जनाएको छ।

यी प्रतियोगिताले विद्यार्थीमा बीमासम्बन्धी ज्ञान र चासो बढाउनुका साथै व्यक्तिगत तथा सामाजिक आर्थिक सुरक्षाको आधारका रूपमा बीमाको महत्व बुझाउन र सुदूरपश्चिम प्रदेशमा बीमा सचेतना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु

डडेल्धुरा: राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको अगुवाइमा

२७ वर्षदेखि निःस्वार्थ सेवामा संगिता, पारिश्रमिकभन्दा ठूलो सेवाको सन्तुष्टि

डडेल्धुरा, कात्तिक २५ । डडेल्धुराको अमरगढी नगरपालिका–५ की संगिता नगरकोटीले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेको २७ वर्ष बितिसकेको

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

↑