खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा किसानको धान खरिद गर्न शुरु
धनगढी, मंसिर २। कैलालीमा सरकारले मङ्सिर १ गते देखि किसानको धान खरिद गर्न शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको मोहनपुरबाट मङ्सिर १ गतेदेखि किसानको धान खरिद शुरु गरेको छ । मङ्सिर १ गते मोहनपुरबाट धान खरिद शुरु गरेर क्रमशः जिल्लाका अन्य खरिद केन्द्रबाट धान खरिद गर्ने योजना रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईँका अनुसार मङ्सिर १ गते मोहनपुरबाट धान खरिद शुरु गरेर २ गते टीकापुरबाट धान खरिद शुरु गर्ने योजना रहेको छ ।
यस वर्ष जिल्लामा ६ स्थानमा खरिद केन्द्र सञ्चालन गरी धान खरिद प्रक्रिया अघि बढाउने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले गरेको छ । जिल्लाको मोहनपुर, गौरीगङ्गा, भजनी, जोशीपुर, टीकापुर र सत्ति लगायत स्थानमा धान खरिद डिपो स्थापना गरिनेछ । ती स्थानहरूमा किसानहरुले आएर आफ्नो धान बेच्न सक्नेछन् । कैलाली जिल्लामा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । त्यसमा एक जना किसानले ३० क्विन्टलसम्म आफ्नो धान बेच्न पाउने वरिष्ठ सहायक बजगाईले जानकारी दिनुभयो ।
तर सरकारी खरिदको कोटा सीमित हुँदा जिल्लाका सबै किसानले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाउने अवस्था छैन । सरकारी खरिदको मात्रा कम भएकाले बाँकी धान व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको किसानको धान उत्पादक किसान धनसिंह साउँदको गुनासो रहेको छ ।
यस्तै अर्का किसान जितबहादुर चौधरीले गएका वर्षहरुमा ५० हजार क्विन्टल बढी कोटा हुँदा पनि कैलालीमा सबै किसानले धान बेच्न नपाएको भन्दै अहिले जम्मा ३० हजार क्विन्टल मात्र कोटा भएकाले किसानको आधा धान पनि खरिद हुने सम्भावना नरहेको बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । खाद्यले किसानको सबै धान नकिन्ने भएपछि किसानहरु सस्तोमा फर्ममा धान बेच्न बाध्य भएका छन् ।
विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
डडेल्धुरा: विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना र आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा दुईवटा
काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
काठमाण्डौ, मंसिर २ । सङ्घीय राजधानी काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ
बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
बाजुरा, मंसिर २। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो र फापर जस्ता रैथाने अन्नबाली पछिल्लो समय लोप
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
-

बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
-

बैतडीको दशरथचन्द नगरपालिकामा आज स्थानीय सार्वजनिक बिदा
-

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा किसानको धान खरिद गर्न शुरु






प्रतिकृया दिनुहोस