बैतडीको दशरथचन्द नगरपालिकामा आज स्थानीय सार्वजनिक बिदा
बैतडी, मंसिर २। बैतडीको दशरथचन्द नगरपालिकाले बुधबारका दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । दशरथचन्द नगरपालिका–८स्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लागेको जात्राको अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो बर्षको हिजो देखि शुरु भएको र आज ठूली जात हुने त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए ।
त्रिपुरासुन्दरी भगवतीको जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई ध्यानमा राखेर नगरपालिकाले हरेक बर्ष बिदा दिँदै आएको छ ।
विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
डडेल्धुरा: विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना र आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा दुईवटा
काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
काठमाण्डौ, मंसिर २ । सङ्घीय राजधानी काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ
बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
बाजुरा, मंसिर २। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो र फापर जस्ता रैथाने अन्नबाली पछिल्लो समय लोप
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
-

बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
-

बैतडीको दशरथचन्द नगरपालिकामा आज स्थानीय सार्वजनिक बिदा
-

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा किसानको धान खरिद गर्न शुरु






प्रतिकृया दिनुहोस