काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
काठमाण्डौ, मंसिर २ । सङ्घीय राजधानी काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना निकालेर काठमाण्डौलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो ।
प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई यसअघि नै २४ घण्टा खुला गरिसकिएको छ । काठमाण्डौ देशको अत्यन्त महत्त्वपूर्ण ठाउँ भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
त्यस्तै व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
काठमाण्डौ जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत चौबीसै घण्टा सञ्चालन गर्ने विषयमा पालिका, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने सूचनामा उल्लेख छ ।
विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
डडेल्धुरा: विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना र आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा दुईवटा
बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
बाजुरा, मंसिर २। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो र फापर जस्ता रैथाने अन्नबाली पछिल्लो समय लोप
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा किसानको धान खरिद गर्न शुरु
धनगढी, मंसिर २। कैलालीमा सरकारले मङ्सिर १ गते देखि किसानको धान खरिद गर्न शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको मोहनपुरबाट
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
-

बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
-

बैतडीको दशरथचन्द नगरपालिकामा आज स्थानीय सार्वजनिक बिदा
-

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा किसानको धान खरिद गर्न शुरु






प्रतिकृया दिनुहोस