आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित

धनगढी, मंसिर १ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिसम्मानित भएको छ।

१५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व कार्यालय धनगढीले आफ्नो कार्यक्षेत्रभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१–०८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै निसर्ग अस्पताललाई सम्मान गरेको हो। अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान प्राप्त गरेका हुन्।

स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील निसर्ग अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै राज्यप्रतिको आर्थिक दायित्व निर्वाहमा समेत जिम्मेवार भूमिका खेल्दै आएको छ। अस्पतालले नियमित रूपमा कर दाखिला गर्दै राष्ट्रिय विकासमा योगदान पु¥याएको कदरस्वरूप प्राप्त सम्मानले संस्थाको सामाजिक तथा आर्थिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

यसै अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले निसर्ग अस्पतालसँगै आयुष सर्जिकल र नास्ट कलेजलाई समेत सम्मान गरेको छ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु

डडेल्धुरा, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको

डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने

डडेल्धुरा, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते देहीजाँत मेला लाग्ने

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

काठमाडौँ, कात्तिक ३० । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज

↑