डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु

डडेल्धुरा: राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको अगुवाइमा मंगलबार प्रभातफेरी निकाल्दै कर सप्ताहको शुभारम्भ गरिएको हो।

डडेल्धुराको तुफानडाँडाबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघ डडेल्धुरामा पुगेर अन्तरक्रिया कार्यक्रमसहित समापन गरिएको थियो। प्रभातफेरीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी, सरकारी कर्मचारी तथा पत्रकारलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश प्रवाह गर्दै कर तिर्ने संस्कृतिको विकास र करप्रतिको नागरिक दायित्वबारे सचेतना फैलाएका थिए।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख गगनबहादुर साहीका अनुसार कर दिवसको अवसरमा एक सातासम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालयमा कर शिक्षासम्बन्धी कार्यक्रम, उत्कृष्ट करदातालाई सम्मान तथा करसम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरी कर सप्ताह समापन गरिने उहाँले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले कर राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र प्रभावकारी बनाउन राज्यसँगै नागरिकको पनि उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाइ थियो।

त्यस्तै, जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले राष्ट्रिय कर दिवसले करको महत्व बुझाउन तथा समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदराज फुएलले कर प्रणालीलाई प्रभावकारी बनाउन करदाता र राज्यबीच विश्वासको वातावरण आवश्यक रहेको बताउनुभयो। नागरिकले आफ्नो दायित्वबोध गरी इमानदारीपूर्वक कर तिर्नूपर्ने उहाँको भनाइ थियो। करबाट संकलित राजस्व जनताको हित र विकास निर्माणमा खर्च भएको अनुभूति नागरिकले गर्न सके करप्रतिको विश्वास र सहभागिता अझ बढ्ने उहाँले बताउनुभयो।

नेपालमा आधुनिक कर प्रणालीका रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरणमा हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। दिवसले करको महत्वबारे नागरिकमा सचेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार, पारदर्शी र न्यायपूर्ण कर प्रणालीको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 

प्रतिकृया दिनुहोस

२७ वर्षदेखि निःस्वार्थ सेवामा संगिता, पारिश्रमिकभन्दा ठूलो सेवाको सन्तुष्टि

डडेल्धुरा, कात्तिक २५ । डडेल्धुराको अमरगढी नगरपालिका–५ की संगिता नगरकोटीले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेको २७ वर्ष बितिसकेको

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

↑