डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने

डडेल्धुरा, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते देहीजाँत मेला लाग्ने भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार ७ गते राति रतेडी र ८ गते दिउँसो मुख्य मेला अर्थात् दिउँसेडी हुनेछ। 

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले परम्परागत विधिअनुसार देहीजाँत सञ्चालन गरिने जानकारी दिएका छन्। जात्राका लागि अमरगढीका जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चार गाउँबाट ध्वजा, शङ्ख, घण्टा, बिगुल, भोकर तथा चाँदी, पित्तल र सुनका आभूषणसहितका कलश र डोली बाजागाजाका साथ मन्दिरमा ल्याउने परम्परा छ। दमाहा र नरसिंहाजस्ता परम्परागत बाजाको धुनसँगै देउरो मन्दिरमा पु¥याइन्छ।

बिहान पूजाआजापछि देउताका धामीले काँप्दै भाकाबैजाली दिने गर्छन्। भक्तजनले आफूले गरेको भाकलअनुसार विभिन्न पूजासामग्री, सुन तथा चाँदी चढाउने परम्परा छ। मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकालेर फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने चलन रहेको छ। त्यसपछि बेलुकी पूजा गरी चारवटै गाउँबाट ल्याइएका डोलीसहितका देउरा सम्बन्धित गाउँमा फर्काएर भ्रमणमा राखेपछि जात्रा सम्पन्न हुने गर्छ।

देहीजाँतमा सुदूरपश्चिमका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु आउने गरेका छन्। डडेल्धुरा सदरमुकाम बागबजारबाट करिब चार किलोमिटर टाढा रहेको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन पूजाआराधनाका लागि पुग्ने गर्छन्। किंवदन्तीअनुसार करिब २ हजार ५ सय वर्षअघि अमरगढी नगरपालिकाको लटाउलीमा बसोबास गर्ने साँकी समुदायका स्थानीयले हलो जोत्ने क्रममा शिलामा हलोको फाली अड्किएको र त्यहाँबाट रगत बगेको थियो। 

उक्त घटनापछि देवी उत्पन्न भई दर्शन दिएको जनविश्वास छ। त्यसै बेलादेखि उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपका रूपमा पूजा गर्दै आइएको धार्मिक मान्यता छ। उग्रतारा माताको दर्शन र पूजाआराधना गरेमा दैवीप्रकोपबाट बच्ने, सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
 

प्रतिकृया दिनुहोस

आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित

धनगढी, मंसिर १ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिसम्मानित भएको

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु

डडेल्धुरा, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

काठमाडौँ, कात्तिक ३० । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज

↑