१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा भलिबल खेलाडी छनोट हुँदै
डडेल्धुरा:१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको भलिबल टोली छनोट गर्न डडेल्धुरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
जिल्ला सदरमुकामस्थित टुँडिखेल मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले बताउनु भयो्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको अन्तिम टोलीमा समावेश गरिनेछ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले कात्तिक २८ देखि मंसिर १ गतेसम्म प्रदेशका नौवटै जिल्लाका खेलाडीबीच ३० विधाका खेलमा छनोट प्रतिस्पर्धा सञ्चालन गरिरहेको छ। कैलाली, कञ्चनपुर र डडेल्धुरामा खेलहरू विभाजन गरी छनोट प्रतियोगिता आयोजना गरिएको हो।
परिषद्का अनुसार प्रदेशस्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरी सात सय ४४ जनाको प्रत्यक्ष सहभागिता रहेको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ३० खेलमा सहभागिता जनाउनेछ।
१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु
डडेल्धुरा, कार्तिक १४। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म
सुदूरपश्चिम रोयल्समा भित्रिए वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन
अत्तरिया, कार्तिक ७ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई
डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने
डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने








प्रतिकृया दिनुहोस