डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित भूमिराज युवा क्लब ओलीगाउँको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता असोज २४ र २५ गते कोटेलीस्थित चोरा खेलकुद मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीले असोज २३ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। 

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र र मेडल, द्वितीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँसहित प्रमाणपत्र र मेडल तथा तृतीय हुने टिमले ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने, खेलका नियम पालना गर्नुपर्ने तथा खाना र बस्ने व्यवस्था सम्बन्धित टिमले स्वयं गर्नुपर्ने जनाइएको छ। खेलमा रेफ्रीको निर्णय अन्तिम हुने र अनुशासन उल्लङ्घन गर्ने खेलाडीलाई आयोजकले निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ।

आयोजकले जिल्ला भरिका इच्छुक पुरुष भलिबल टिम तथा खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। 
 

प्रतिकृया दिनुहोस

डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने

डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा

डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको

↑