सुदूरपश्चिम रोयल्समा भित्रिए वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन

अत्तरिया, कार्तिक ७ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई टोलीमा भित्र्याएको छ।

रोयल्सले सामाजिक सञ्जाल फेसबुकमार्फत रदरफोर्डलाई टोलीमा स्वागत गर्दै उनको अनुबन्धबारे जानकारी दिएको हो। ‘रोयल्स परिवार, यो तपाईंहरूका लागि हो। तपाईंहरूले आगो माग्नुभयो, हामीले शेरफेन रदरफोर्ड ल्यायौँ,’ टोलीले सार्वजनिक गरेको सन्देशमा उल्लेख छ।

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित रदरफोर्डको आगमनले सुदूरपश्चिमको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। ठूला प्रहार गर्न सक्ने क्षमताका कारण उनी टोलीका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्नेछन्।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। सुदूरपश्चिमले प्रतियोगिताका अघिल्ला दुवै संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेको थिएन। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको टोली यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ।

टोलीले यसअघि इंग्ल्यान्डका सैफ जैब, न्युजिल्यान्डका स्कट कुगेलेइन र स्कटल्यान्डका ब्रान्डन म्याकमुलनलाई पनि तेस्रो संस्करणका लागि अनुबन्ध गरेको थियो। पाकिस्तानी पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको रोयल्सले यसपटक उपाधि जित्ने लक्ष्यसहित टोलीलाई बलियो बनाइरहेको छ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने

डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

↑