महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला
काठमाण्डौ, कात्तिक ३ । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यो मन्दिर हरेक वर्ष महानवमीको दिन मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार बिहान ५ बजेदेखि खुला गरिएको तलेजु मन्दिरमा आज बेलुका ६ बजेसम्म खुला हुनेछ । आजको दिन तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गएको असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १० बजेर ३९ मिनेटको साइतमा स्थिरासनमा राखिएको थियो ।
भोलि बुधबार विजयादशमीको दिन साइतअनुसार बिहान १० बजेर ५१ मिनेटमा यात्रा गराइनेछ । अनि बिहान ११ बजेर ५२ मिनेटमा तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइनेछ । रासस
आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाण्डौ, कात्तिक ३ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल
अपि हिमालमा पर्यटन उत्सव हुने
दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन
काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती,

.jpeg)









प्रतिकृया दिनुहोस