चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ बन्दै रामारोशन
अछाम, कार्तिक २ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल बढेको छ । गाउँ फर्किएका कतिपयले घरपरिवारसँग भेटघाट गर्ने र आफन्तसँग रमाइलो गर्ने योजनासँगै रामारोशन घुम्ने योजना पनि बनाएर आउने गरेका छन् ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । प्रकृतिको अनुपम छटामा रमाउन, साथीभाइसँग समय बिताउन र परिवारसँग घुमफिर गर्न चाहनेहरूका लागि रामारोशन आकर्षक गन्तव्य बन्दै गएको छ ।
रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकका अनुसार दसैं मनाउन गाउँ फर्किएका कतिपयले रामारोशन पुग्ने योजना बनाएरै आउने गरेका छन् । ‘दसैंका लागि गाउँ आएकाहरू रामारोशन एकपटक पुग्नैपर्छ भन्ने योजना बनाएर आउँछन् । रामारोशनमा माहोल एकदमै छ । पारिवारिक रमाइलोका लागि आउनेको संख्या बढेको छ,’ उनले भने, ‘गाउँ फर्किएकाहरू साथीभाइसँग समूह बनाएर तथा परिवारसहित रामारोशन पुग्ने गरेका छन् ।
तर रामारोशन पुग्ने पर्यटकको संख्या कति छ भन्ने यकिन तथ्यांक भने छैन । पर्यटकको चहलपहल बढेको अनुभव भए पनि व्यवस्थित रूपमा तथ्यांक संकलन गर्ने व्यवस्था नहुँदा आगमनको वास्तविक अवस्था मापन गर्न कठिन छ ।
पर्यटकको यकिन संख्या उपलब्ध नभए पनि पछिल्ला वर्षमा रामारोशनमा चहलपहल बढ्दै गएको स्थानीय व्यवसायी बताउँछन् । रामारोशन एड्भेन्चर एन्ड क्याम्पिङ रिसोर्टका सञ्चालक लक्ष्मण बोहराका अनुसार दुई–तीन वर्षयता रामारोशन आउने पर्यटकको आकर्षण बढेको छ । विशेष गरी दसैं र तिहारको बीचमा पर्यटकको आवागमन बढी हुने गरेको उनले बताए ।
पर्यटकको आकर्षण बढेसँगै स्थानीयस्तरमा खानपान र बसोबासका सुविधा विस्तार गर्ने प्रयास पनि भएका छन् । बोहराको रिसोर्टमा स्थानीय परिकारसँगै च्याङ्ग्रा र भेडाको मासुलगायतका खाना उपलब्ध छन् । एकैपटक करिब ४० जनालाई राख्न सकिने व्यवस्था गरिएको उनले बताए । गत फागुनदेखि सञ्चालनमा आएको रिसोर्टमा पर्यटकको सुविधाका लागि अस्थायी टहरा पनि निर्माण गरिएको छ ।
अपि हिमालमा पर्यटन उत्सव हुने
दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन
काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती,
दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल
बैतडी, कार्तिक २ । रोजगारी र बसाइँसराइका कारण गाउँघर छाडेर बाहिरिएकाहरू दसैँ र जात्राका लागि आफ्नो थातथलो फर्किन थालेपछि बैतडीका गाउँघरमा चहलपहल
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-

दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
-

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न






प्रतिकृया दिनुहोस