बेपत्ताका परिवारमा छैन दसैँको खुसी
बाजुरा, कात्तिक १ । बाजुरामा दसैँको चहलपहल बढ्दै गए पनि १७ परिवारमा भने यस पटकको दसैँको कुनै रौनक छैन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा यहाँका १७ जना बेपत्ता भएपछि उनीहरूका परिवारमा दसैँको रौनकले छुन सकेको छैन। बेपत्ता भएका आफन्तले धेरै ठाउँमा खोजखबर गर्दा पनि उनीहरूका बारेमा कुनै पत्तो लाग्न सकेन। करिब दुई महिना पुग्दासम्म पनि आफन्तले न सास पत्तो लगाउन सके न त लास नै फेला पारेका छन्।
केही महिनापहिला यहाँको हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका १७ जना दसैँतिहारको खर्च जोहो गर्नकै लागि कामको खोजीमा रसुवाको टिमुरेमा पुगेका थिए। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन।
हिमाली गाउँपालिका–६ का बेपत्ता भएका नेपाली सेना दिपे सार्कीकी श्रीमती मन्सरी सार्की भन्नुहुन्छ, “मेरा श्रीमान् नेपाली सेनाको रसुवाको टिमुरे शाखामा कार्यरत हुनुहुन्थ्यो। सधैँ दसैँ मनाउन घरमा आउनुहुन्थ्यो। यो वर्ष दसैँ आयो। श्रीमान् अझै आउनुभएन।” यो पीडा मन्सरी सार्कीको मात्र होइन। हिमाली गाउँपालिका–६, पाँडीकी २४ वर्षीय जमुना रोकायाको पनि पीडा उस्तै छ। उहाँका श्रीमान् महोनलाल रोकाया टिमुरेदेखि बेपत्ता भएपछि अहिले उहाँलाई पनि यो दसैँको रौनकले छुन सकेको छैन।
कलिलो उमेरमै आफूलाई एकल बनाएर श्रीमान् बेपत्ता भएपछि अहिले उहाँ बाँच्नु न मर्नुको अवस्थामा हुनुहुन्छ। सात वर्षको छोरालाई यो वर्षको दसैँमा के भनेर भुलाउने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। सम्पर्कविहीन भएकामध्ये कसैको हिन्दु परम्परा अनुसार काजकिरिया गरिसकेका छन् भने कोहीको परिवार दसैँमा कतै बाट आइपुगिहाल्छन् कि भन्ने आसमा रहेका छन्।
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन
कञ्चनपुर, असोज ३१ । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार
कांग्रेस सभापति गगन थापाद्धारा शपथ ग्रहण
काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-

दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो






प्रतिकृया दिनुहोस