सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यसअघि असार १ गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आज बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले पुँजीगत र चालु खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको छ ।
बजेटको स्रोतहरुमा आन्तरिक राजस्व एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९१ लाख रुपियाँ रहेको जनाइएको छ । यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को बचत रकम नौ अर्ब ६५ करोड, सशर्त अनुदानतर्फ प्राप्त हुने रकम छ अर्ब तीन करोड ५८ लाख रुपियाँ रहेको छ ।
यस्तै, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदान ५२ करोड ७६ लाख रुपियाँ रहेको मन्त्री मल्लले जानकारी दिनुभयो ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
अत्तरिया बसपार्कमा अपाङ्गता सहायता कक्ष स्थापना
अत्तरिया, असोज २५ । कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सहायता कक्ष स्थापना गरिएको छ । आइतबार नगर स्तरीय
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस